
काठमाडौँ । आजिटिया कम्पनीले एनसेलको सेयर बिक्रीमा अनियमितता गरेको भन्दै सांसद अमरेशकुमार सिंहले दर्ता गराएको रिट निवेदनमाथि आज (आइतबार) सुनुवाइ हुँदैछ ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइका लागि पेसी तोकिएको हो ।
सांसद सिंहले नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्नेगरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन् ।














