Logo
Logo
एसीसी यू–१९ एसिया कप

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य


1.1k
Shares

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।

दुबईको आइसीसी ओभल–२ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २६१ रनमा अलआउट भयो ।

This image has an empty alt attribute; its file name is image-42.png

अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरे । उनले १५२ बलमा १०६ रन जोडे । रहिमुल्लाह जुरमतिले ३५ रन जोडे । नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो । त्यस्तै खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भए ।

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले २–२ विकेट लिए। आकाश चन्द र दिपेश कँडेलले १–१ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो ।

सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ।

प्रतिक्रिया दिनुहोस्