काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । महासमिति बैठकबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

कांग्रेसले पुस १६ गतेदेखि १९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको छ । तर सभापति देउवाले ुपुसको ठण्डीमाु बैठक नगरौं भन्ने प्रस्ताव मंसिर १३ गते धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा गरेका थिए । यसबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २९ गते शुक्रबार दिउँसो १२स्१५ सानेपामा बैठक बस्नेछ। बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।











