Logo
Logo

लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली


1.4k
Shares

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले गोली प्रहार गरी एक जना लागूऔषध कारोबारी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।

घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्