
काठमाडौं । । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (शनिबार) दुई वटा खेल हुँदै छन् ।
पहिलो खेल दिउँसो १ बजे वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्स तथा दोस्रो खेल बेलुका ५ बजे एफसी चितवन र इलाम स्पोर्टिङबीच खेल हुने भएको हो । आजका दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् ।
पोखरा ५ खेलमा ८ अङ्ककासाथ तालिकाको चौथो तथा वीरगञ्ज समान खेलमा ५ अंकका साथ आठौँ स्थानमा छ । त्यस्तै, चितवन ६ खेलमा ५ अंककासाथ तालिकाको सातौँ स्थानमा र इलाम समान खेलमा ४ अंकका साथ पुछारमा छ ।
हिजो भएको खेलमा ललितपुर एफसी र झापा फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुर १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा यथावत छ ।














