Logo
Logo
राप्रपा बैठक

राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव


1.6k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका छन् ।

आज आइतबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै नेता लिङ्देनले देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सडक संघर्षमा जानुको विकल्प नभएको बताएका हुन् ।

समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक भएको भन्दै लिङ्देनले त्यो सम्भव रहेको पनि बताए । ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ’, बैठकमा लिङ्देनले भने, ‘ राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ ।’

यस्तै लिङ्देनले राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष समेत बैठकमा सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्