काठमाडौं । बंगलादेशले एसिसी यू–१९ एसिया कपको उपाधि जितेको छ । आज भएको खेलमा घरेलु टिम युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशले दिएको १८३ रनको लक्ष्य पछ्याएको युएई २४ ओभार ५ बलमा ८७ रनमै अलआउट भयो । युएईका ध्रुव परासरले सबैभन्दा बढी नटआउट २५ रन जोडे । अक्षत राइले ११ रन जोड्दा अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३–३ विकेट लिए। इकबाल हुसेन र शिख जिबोनले २–२ विकेट हात पारे ।
त्यसअघि टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।
बंगलादेशका लागि ओपनर अशिकुर रहमान शिब्लीले शतक प्रहार गरेका थिए । उनले १४९ बलमा १३ चौका र १ छक्काको मद्दतमा १२९ रन बनाएका थिए । चौधुर रिजवानले ६० रन र अरिफूल इस्लामले ५० रन बनाएका थिए ।
बलिङमा युएईका अयमन अहमेदले ४ विकेट लिएका थिए ।
प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो । नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तान तीनै टिमसँग हार बेहोरेको थियो ।














