Logo
Logo
राष्ट्रियसभा निर्वाचन

आयोगले दियो १२ दललाई चुनाव चिन्ह


882
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । आइतबार बसेको आयोगको बैठकले ती दललाई चिन्ह प्रदान गरेको हो ।

आउँदो माघ ११ गते हुने निर्वाचनका लागि १२ वटा दललाई चुनाव चिन्ह प्रदान गरिएको अयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनएको छ ।

चुनाव चिन्ह प्राप्त गर्ने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्