काठमाडौं । सरकारले विद्युत् खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतवार पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गरेकी हुन् ।
सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाका लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ।















