
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । बैठक आज (मंगलबार) बिहान ११ बजे बस्नेछ ।
उक्त बैठकमा हिजो (सोमबार) पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।
बैठकमा संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमितिले हिजोको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको थियो ।
सोही प्रस्तावमाथि नेताहरूले आ–आफ्नो विचार राख्नेक्रम आजको बैठकमा पनि जारी रहने खतिवडाले बताए ।














