Logo
Logo

मौसम पूर्वानुमान : पहाडी भू-भागमा आंशिक बदली रहने, चिसोबाट बच्न आग्रह


693
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज (बुधबार) देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ भने राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसमविद् प्रतिमा मानन्धरले बताइन् ।

देशभरिको तापक्रम घट्दोक्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन उक्त विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्