काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सानदार शुरुवात गरेको छ ।
बिहीवार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरको हो । कर्णालीले दिएको ३४ रनको सामान्य लक्ष्य कोशीले १९ बलमै भेटायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाएर ३३ रन बनायो । कर्णालीका लागि कप्तान किरन कुँवरले सर्वाधिक ९ रन बनाए । उसका ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।
बलिङतर्फ कोशीकी अप्सरी बेगमले ३ र एलिशा खडियाले २ विकेट लिए ।














