Logo
Logo

एकीकृत समाजवादीमा रामकुमारीलाई थप जिम्मेवारी


6.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई थप जिम्मेवारी दिइएको छ ।

फाइल फोटो

गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजनसहित जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकेका थिए ।

एकीकृत समाजवादीले उक्त अपानिलाई संशोधन गर्दै पुस ४ गते जारी गरेको अपानिमा भने झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजनको जिम्मा दिइएको छ ।

योसँगै झाँक्रीको जिम्मेवारी पहिलेको तुलनामा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्