Logo
Logo

यस्तो छ आज दिनभरिको मौसम


378
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

जसका कारण देशभरिको तापक्रम घट्दोक्रममा रहेकोले चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउँन महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्