काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । केही विद्यालयमा अनुशासन कायम राख्ने भन्दै डीआई राख्ने गरेको गुनासो आएकाले त्यस्तो नगर्न महानगरले निर्देशन गरेको हो ।
डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको पाइएको भन्दै महानगरले काठमाडौं महानगरका सबै विद्यालयले आग्रह गरेको हो ।

विद्यालय विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी सूचनामा भनिएको छ ।














