Logo
Logo

पार्टीलाई समावेशी बनाउने हो भने सबै कुराको अधिकार सदस्यले पाउनुपर्छ : नेता पौडेल


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय सदस्य चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गरेर चयन गर्ने व्यवस्थाको माग गरेका छन् । काठमाडौमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा शनिबार बोल्दै नेता पौडेलले पार्टीभित्रको गुटबन्दी समाप्त गर्न यस्तो व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

८ लाख ६६ हजार कांग्रेस सदस्यले सभापतिका लागि मतदानको व्यवस्था गर्ने हो भने पार्टीभित्र गुटबन्दी समाप्त हुने उनले दावी गरे ।

‘हामीले समावेश पार्टी बनाउने हो भने सबै कुरा पार्टीको सदस्यले गर्न पाउनुपर्छ । सबै कुराको अधिकार पार्टीको सदस्यलाई हुनुपर्छ’ नेता पौडेलले भने, ‘त्यसैले केन्द्रीय सभापति निर्वाचित गर्दै गर्दा एउटा क्षेत्रबाट नेतृत्व गर्ने २५ जनाले होइन देशैभरका नेपाली कांग्रेसका सदस्यहरूले भोट हालेर केन्द्रीय सभापति निर्वाचित गर्ने व्यवस्था गरिनुपर्छ किनकि अहिलेको प्रणालीले पार्टीभित्र गुटबन्दी हुर्कायो एउटा क्षेत्रमा २५ जना प्रतिनिधि हुन्छन्, १३ जनाले जसलाई भोट हाल्छ त्यो सभापति हुन्छ अनि १२ जनाले भोट हाल्छ त्यो प्रतिपक्षमा रहन्छ ।’

उनले सभापति र महामन्त्री लड्ने व्यक्तिले केन्द्रबाटै आफ्नो पक्षमा भोट बढाउने काम गर्न गुटको मान्छे पठाउने र उसको राजनीतिक भविष्य सुरक्षित गर्छु भनेर भन्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्