पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । शनिबार अमरसिंहचौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् ।
लामिछानेमाथि खोया प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सभामा सहभागी ती व्यक्तिmे आफूले खाइरहेको मकैको खोयाले भाषणा गरिरहेका लामिछानेलाई प्रहार गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाका अनुसार खोया प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिइएको छ । उनले आफूले खाएरको मकैको खोया फाल्ने क्रममा स्टेजतिर गएको भनेपनि कार्यकर्ताले ढुंगा हानेको भनेर आक्रमण गरेको बताए । त्यस्तै प्रत्यक्षखर्शीले भने ती व्यक्तिले ताकेरै लामिछानेमाथि प्रहार गरेको बताएका छन् ।














