Logo
Logo

मौसम पूर्वानुमान : पहाडी भू-भागमा बदली, तराईमा हुस्सु र कुहिरो


756
Shares

काठमाडौं । देशका अधिकांश भू–भागमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ ।

आज (सोमबार) बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त महाशाखाका अनुसार तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्