Logo
Logo

एक वर्षमा कुन सडक कति कालोपत्रे ?


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै सबैभन्दा बढी हुलाकी राजमार्ग कालोपत्रे भएको छ ।

आज (मंगलबार) प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्यांकमा हुलाकी राजमार्ग १३९ किलोमिटर कालोपत्रे भएको छ । हुलाकी राजमार्ग १ वर्ष अघि ९१० किमि कालोपत्रे रहेकोमा अब १ हजार ४९ किमि कालोपत्रे पुगेको छ । 

त्यस्तै मध्यपहाडी लोकमार्ग १२ सय ८७ किमि कालोपत्रे रहेकोमा अहिले १४ सय ६ अर्थात्  १२१ किमि कालोपत्रे थप भएको छ ।

मदन भण्डारी लोकमार्गको एक वर्षमा साढे २४ किमि मात्रै कालोपत्रे भएको छ । अघिल्लो वर्ष मङ्सिरसम्म २६२.५ किमि कालोपत्रे भएको थियो । 

त्यस्तै कालीगण्डकी कोरिडोर बेनी जोमसोम कोरला खण्डमा कालोपत्रे भएको छ । बेनी–जोमसोम–कोराला खण्डको भने ४ किमि कालोपत्रे भएको छ । 

यात्रुले सबैभन्दा बढी सास्ती पाएको नारायणगढ बुटवल र मुग्लिङ पोखराको प्रगति भने निराशाजनक रहेको छ ।

सरकारी तथ्यांक अनुसार १ वर्षमा नारायणघाट बुटवल सडक खण्डमा २ लेनको ३१ किमि कालोपत्रे भएको छ। मुग्लिङ पोखरा सडक आयोजना ९ किमि कालोपत्रे भएको सरकारले उल्लेख गरेको छ । 

कर्णाली करिडोरको साढे ५ किमि ट्रयाक खोलिएको छ । कोशी कोरिडोर नयाँ कालोपत्रे भएको छैन । १७ किमि ग्राभेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्