
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउँन महाशाखाले आग्रह गरेको छ ।














