
काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केहि स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती भने सुदूर–पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशभरिको तापक्रम घट्दो क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














