Logo
Logo

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दै एकीकृत समाजवादी


630
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बुधबारबाट सुरु भएको बैठक माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै आज सकिनेछ ।

दुई दिनदेखि जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने, ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरे हटाउन सक्ने व्यवस्था हुनुपर्ने लगायतका माग गरेका छन् ।

बैठकमा ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी १५० सदस्यीय हुनुपर्ने, क्रियाशीलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव आएको छ ।

प्रतिक्रिया दिनुहोस्