Logo
Logo

तीन संसदीय समितिको बैठक बस्दै


567
Shares

काठमाडौं । आज संघीय संसदअन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै साढे ११ बजे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्नेछ ।

बैठकमा स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्