Logo
Logo

नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुँदै


567
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजे सुरू हुने खेलमा धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुने भएको हो । पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा हुने पक्का गरेको हो ।

धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पक्षलाई स्मरण गर्दै यो सिजनमा उपाधिका लागि तयारी गरेको बताएका छन् ।

ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरू तयार रहेको प्रतिक्रिया दिएका छन् । प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले २० लाख रुपैयाँ नगद हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्