Logo
Logo

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् अवरुद्ध हुने


756
Shares

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा शनिबार साढे ४ घन्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार साँखु फिडरअन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा, नांगलेभरे क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।

११ केभी मुलपानी सब–स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नुपर्ने भएकाले ती क्षेत्रमा चार घन्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्