Logo
Logo

१४ उद्योगहरूको विद्युत् आपूर्ति बन्द


441
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका १ि४ वटा उद्योगमा विद्युत् आपूर्ति बन्द गरेको छ ।

उसले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोगको प्रिमियमसहितको महसुल नतिरेको भन्दै १४ वटा उद्योगमा विद्युत आपूर्ति बन्द गरेको हो ।

प्राधिकरणले हिजो (शुक्रबार) पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरूको विद्युत् लाइन काटेको हो ।

प्राधिकरणले यही पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरू गरेको थियो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो ।

हिजो लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकको लाइन काटिएको छ ।

हिजो बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी इस्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्