
काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाबारे राज्य व्यवस्था समितिमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाको विषयमा गृहमन्त्री श्रेष्ठले जवाफ दिने भएका हुन् ।
उक्त समितिको भोलि (सोमबार) बिहान ९ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षामा अनुतीर्ण युवाले पुनः परीक्षा दिन पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।














