काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौंमा पानीको हाहाकार भएको भन्दै समस्या समाधानका लागि उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गराएको छ ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा पार्टीको महानगर कमिटीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा पचासौं अर्ब खर्च गरेको मेलम्ची आयोजना सुरु भएको ३ दशक पुगे पनि नियमित पानी दिन नसकेको भन्दै आलोचना गरिएको छ ।
महानगरका ३२ वटै वडाको घरका धाराहरुमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले माग गरेका छन् ।














