Logo
Logo

परिमार्जन नगरी एमसिसी पारित हुन्न : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


चौतरा, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेरमात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।
प्रेस संगठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको बताउँदै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताएका हुन् ।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे । आग्रहलाई मञ्जुर नगरे राष्ट्रहितविपरीत सम्झौता नगर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहो¥याएका छन् । उनले भने, ‘पार्टीको निर्र्णयअनुसार वामदेम गौतम नै राष्ट्रिय सभामा मनोनीत हुन्छ ।’ पछिल्लो समय नेकपा सचिवालय बैठकको गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय गरेसँगै अहिले पार्टीभित्र विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्