Logo
Logo

महिला कुट्ने इन्सपेक्टर पौडेल कारबाहीमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन ।
महिलालाई कुटेको आरोपमा इन्सपेटर देवी प्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट सरुवा गरिएको छ ।


प्रारम्भिक छानबिनमा उनको गल्ती देखिएपछि हटाइएको हो । गत बिहीबार पूर्व जर्नेल हेम खत्रीको घरमा धर्ना दिन गएका महिलालाई उनले कुटेका थिए । बच्चा बोकेकी एक महिलालाई निर्घात कुटेको भिडियो बाहिर आएपछि छानबिन समेत सुरु भएको छ । पूर्व जर्नेल खत्रीले एक महिलालाई बिहे गर्ने भनेर शोषण गरी कन्तबिजोक बनाएको भन्दै महिलाहरु उनको घरमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्