Logo
Logo

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता


693
Shares

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज स्वदेश फिर्ता भएका छन् । नेपालको दुई दिने भ्रमण पूरा गरी मध्यान्ह स्वदेश फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका थिए ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।

शुक्रबार स्वदेश फर्किनुअघि उनले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेका पथिए भने त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्