Logo
Logo

प्रधानमन्त्री ओलीलाई कसले दिने भयाे मिर्गाैला ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्दैछन् । त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । जसका लागि सोमबारदेखि अस्पताल भर्ना हुँदै छन् ।


ओलीले १३ वर्षअघि पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरेका थिए । त्यो मिर्गाैलाले काम नगरेपछि उनले दोस्रो पटक प्रत्यारोपण गर्न लागिएको हो । पहिलोपटक चितवनकी एक महिलाले दिएकी थिइन् । हाल, ओलीकै एक आफन्तले दिन लागेको स्रोत बताउँछ । नाताले भान्जी पर्ने महिलाले ओलीलाई मिर्गाैला दिन लागेकी हुन् । महिलाको गोपनियता खुलाइएको छैन । मेडिकल परीक्षणमा सबैकुरा म्याच भएपछि प्रत्यारोपणको मिति तय गरिएको हो ।

गत शुक्रबार एक कार्यक्रममा ओलीले छिट्टै आफुले मिर्गाैला प्रत्यारोपण गर्ने र पाँचदिनपछि नै काममा फर्किने बताएका थिए । त्यसपछि १०/१५ वर्ष आफूलाई केही नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्