Logo
Logo

एमाले केन्द्रीय कमिटीमा ६ जना मनोनीत


3.1k
Shares

काठमाडौं । नेकपा एमालेले ६ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।

पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले ६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकको निर्णय जानकारी गराउँदै पोखरेले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिए ।

कार्कीबाहेक सबै पूर्वप्रदेश अध्यक्ष भएर जिम्मेवारी सम्हाली सकेका छन् । कार्कीले झापा जिल्ला अध्यक्ष भएर काम गरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्