Logo
Logo

देशले परिवर्तनको आवाज खोजेको छ : रवि लामिछाने


504
Shares

रामपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् ।

आज पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै उनले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताए ।

उनले भने, ‘नेपाली जनताले हार्नु भएन, आँट गरेपछि निश्चित गन्तव्यमा पुग्नुपर्छ, मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन, विभेदको अन्त्यका लागि सधैँ लड्नेछौँ ।’

सो अवसरमा सोही पार्टीका सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्मा उठाउँदै आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्