Logo
Logo

मन्त्रिपरिषदद्वारा सचिवको सरुवा र बढुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन ।

सरकारले सचिवको सरुवा र बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ भने महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधार मन्त्रालयमा मा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कामू दिएर राजश्व हेर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्