Logo
Logo

अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध गुलशन झाको शतक


1.4k
Shares

काठमाडौं । १९ वर्षमुनिको विश्वकपअघि स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपालका अलराउन्डर गुलशन झाले शतक बनाएका छन् । गुलशन १ सय १५ बलमा १ सय १४ रन बनाएर आउट भए ।

गुलशनको शतक मद्दतमा नेपालले स्कटल्यान्डलाई २ सय ८५ रनको लक्ष्य दिएको छ । नेपाल ४९ ओभर २ बलमा २ सय ८४ रन बनाउँदा अल आउट भयो । नेपालका लागि दीपक बोहराले ५४ बलमा नट आउट ५८ रन जोडे ।

जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्