
काठमाडौं । नेकपा एमालेले आज हुने कोशी प्रदेश सभाको सभामुख निर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
सभामुखमा एमालेले उम्मेद्वारी नदिने र गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउँने निर्णय भएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।
कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुँदैछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुले निर्णय गरिसकेका छन् ।














