Logo
Logo

माधव नेपालको दाबी- केपी ओलीको मति सप्रिएकै छैन


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको मति अझै नसुध्रिएको भन्दै टिप्पणी गरेका हुन् ।

‘ओलीको मति अझै सुध्रिएको छैन रहेछ । राष्ट्रियसभा चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत सुमाजवादीलाई जिरो सीट दिने रे,’ उनले भने ।

उनले ओलीको मति नसप्रेकाले कम्युसनिष्टहरु एक हुने अवस्था नरहेको बताए । उनले भने, ‘अझैपनि उनको मति सप्रेको छैन । त्यसो हुनाले सबै कम्युनिस्ट मिलुन् भनेर चाहाना राखेरमात्र हुँदैन । मति पनि सप्रेको हुनुप¥यो । मति नै सप्रेको छैन भने केही गर्न सकिँदैन ।’ उनले गलत प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने बताए ।

वर्तमान सरकारका कामका बारेमा अनेकौँ गुनासा आइरहेकाले आफूहरूले पटकपटक ध्यानाकर्षपत्र बुझाएको भन्दै व्याप्त संकटको समाधानको सूत्र समेत जानकारी गराएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्