विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गंगामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरमै निधन परिवारजनले जनाएको छ ।
शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।

लिम्बूको १ छोरी र १ छोरा छन् । मन्त्री लिम्बुकी सासुआमाको गत बर्ष निधन भएको थियो । केही महिनाअघि आफ्नी आमाको समेत निधन भएको थियो ।














