
काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रका युवाहरूलाई सिजनल भिजामा कोरिया पठाउने भएको छ । त्यसका लागि शुक्रबार कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको हो ।
५ बुँदे प्रारम्भिक सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, गाउँपालिकाले कामदारहरूको समय घर्किनेबित्तिकै फर्काउने ग्यारेन्टी गर्नेलगायतका बुँदाहरू समेटिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।सम्झौता आधिकारिक हस्ताक्षर भएको एक वर्षसम्म लागू हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।














