काठमाडौं, २१ फागुन ।
डा.युवराज खतिवडा पुन अर्थ तथा सञ्चारमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनलाई बुधबार नियुक्त गरेकी हुन् ।

राष्ट्रियसभाको कार्यकाल समाप्त भएपछि उनले मंगलबार राजिनामा दिएका थिए । सांसद नभएपछि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान छ । सोहीअनुसार उनी नियुक्त भएका हुन् । राष्ट्रियसभामा डा खतिवडालाई नियुक्त गर्ने वा वामदेव गौतमलाई भने तय हुन सकेको छैन ।
खतिवडाले आजै सपथ लिएर जिम्मेवारी सम्हाल्नेछन् । दिउँसो ४ बजे उनले राष्ट्रपतिबाट समथ लिने कार्यक्रम छ ।












