Logo
Logo

‘विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक’


315
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् ।

२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरुका लागिसमेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।

काठमाडौं महानगरपालिकाले विसं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा आयोजना गरिएको कार्यक्रममा उनले महानगरपलिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए । भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताए ।

उनले भने, ‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपलिका मिलेर जोखिम न्युनिकरण र स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं । त्यो मेडेल नेपालका सबै पालिकाहरुको लागि अनुकरणीय हुन सक्छ ।’

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोप्रति प्रशंसा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौंको मौलिक घर÷भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्