Logo
Logo

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

File Photo

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई १० बजे शल्यक्रिया कक्षमा लगिएको छ ।
मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो ।
मिर्गौला प्रत्यारोपणअघि उनको मंगलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही गएको सोमबार अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने समीक्षा संग्रौला कोइरालाले मिर्गाैला दान गर्दैछिन् । प्रधानमन्त्रीको यो दोस्रोपटक मिर्गौला प्रत्यारोपण हो । यसअघि प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्