Logo
Logo

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मेलम्चीको पानी वितरण


252
Shares

काठमाडौं । सरकारले मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का उपप्रबन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।

मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भए÷नभएको, धमिलो पानी आएकोबारेमा समितिले अनुगमन गर्नेछ ।

समितिले पानी सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रशोधन गरी वितरण गरिएको तर पुराना लाइनका कारण धमिलो आएकाले केही शंका नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्