Logo
Logo

‘०४६ को परिवर्तनपछि प्राप्त उपलब्धीहरुलाई उल्टाउने खेल भइरहेको छ’


315
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त उपलब्धीहरुलाई उल्टाउने खेल भइरहेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए । संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उनले संविधानले दिएका अधिकार जनतासम्म पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको र पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।

नेता सिंहले कोशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस राष्ट्रियसभा सदस्य उम्मेदवार रहेका कृष्ण सिटौलालाई भेटेर कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्