Logo
Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधारः अस्पताल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ फागुन ।
दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत रपमा क्रमिक सुधार देखिएको अस्पतालले जनाएको छ । बिहीबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले भन प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको बताए । आजदेखि ओलीले तरल र नरम आहार खान थाल्नुभएको उनले बताए ।


प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई एउटा मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताएका छन्।
‘समिक्षाजीको स्वास्थ्य स्थिर छ। उहाँलाई पनि आजदेखि तरल र नरम आहार दिन सुरू गरिसकिएको छ,’ अस्पताको बिज्ञप्तीमा भनिएको छ । सोमबारसम्म प्रधानमन्त्रीको डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्