Logo
Logo

आईसियूबाट प्रधानमन्त्री ओलीको सन्देष– छिट्टै काममा फर्कनेछु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइ आइसियुमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आइरहेको बताएका छन् ।


‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ,’ प्रधानमन्त्री ओलीलाई उद्घृत गर्दै उनका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटरमा लेखेका छन्, ‘छिट्टै म काममा फर्किन्छु।’ शुक्रबार बिहान अस्पतालमा भेट्न गएका रिमाललाई प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको हो । उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । सोमबारसम्म डिस्चार्ज गरिने अस्पतालको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्