Logo
Logo

सांसदहरुलाई कोरोनाको त्रास, स्कुल– कलेज बन्द गर्न माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ फागुन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले यस्तो माग गरेकी हुन्। ‘जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भनेर सर्कुलर गरेको परिपत्रहरू हामी पढ्न पायौँ,’ उनले भनिन्, ‘एकातिर जिल्ला प्रशासनले सर्कुलर गरेको छ भने अर्काेतिर हाम्रा लाखौँ बालबालिकाहरू स्कुल जानलाई बाध्य भइराखेका छन्। चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने भनेर पनि अर्काेतर्फ सूचना आइरहेको छ। सभामुखज्यूमार्फत सरकारलाई तत्कालै स्कुलहरू पनि बन्द गर्ने निर्देशन दिन आग्रह गर्दछु।’

कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले पनि विद्यालय बन्द गरेर नाका खुल्ला गर्न नहुने भन्दै सरकारलाई प्रश्न गरेका छन्। उनले ट्वीटमा लेखेका छन्। ‘कोरोनाको खतरा बढ्दा बिधालय बन्द गर्नुपर्दछ नै, तर खतरा भित्रीन सक्ने तराईका नाका पुरै खुला राखेर बिधालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो र ? सीमा नाकामा स्वास्थ्य परिक्षण नै नगरि प्रवेश जारी रहेको भन्दै चिन्ता व्यक्ति पनि गरेका छन्। ‘सीमा नाकामा स्वास्थ परिक्षण बेगर निर्वाध प्रवेश किन जारी छ ? कोरोना रोक्ने रियाक्सनले कि एक्सनले ?
संसदमा कांग्रेस सांसद गगन कुमार थापाले यससम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । संसदमै समेत यसको जोखिम रहेको भन्दै हेल्थ डेस्क राख्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्