Logo
Logo

‘ग्लोबल विजनेश समिट’मा विनोद चौधरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ फागुन । चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’लाई सम्बोधन गर्ने भएका छन् । भारतीय पत्रिका ‘टाईम्स अफ इन्डिया’ले नयाँदिल्लीमा आयोजना गर्ने कार्यक्रमलाई चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । विश्वकै प्रतिष्ठित कार्यक्रम मानिने ‘ग्लोबल विजनेश समिट’ आज र भोली शनिबार आयोजना हुँदैछ ।
यस समिटको आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम रहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यस समिटलाई भारका रक्षा मन्त्री राजनाथ सिंह, वित्तमन्त्री निर्मला सितारमण, विदेश मन्त्री एस. जयशंकर, बाणिज्य तथा रेलमन्त्री पियुस गोयल, टेक्सटाईल मन्त्री स्मृति इरानी, नागरिक उड्ययन मन्त्री हरदीप पुरीलगायतले सम्बोधन गर्ने जनाइएको छ ।
शुक्रबार प्रकाशित ‘टाईम्स अफ इन्डिया’को संस्करण विनोध चौधरी र भारतीय प्रधानमन्त्री मोदीबीच भेट्ने कार्यक्रम समेत तय भएको जनाइएको छ । पत्रिकाका अनुसार अध्यक्ष चौधरी र प्रधानमन्त्री मोदीबीच आज शुक्रबार साँझ भेटपार्ता गर्दैछन् ।
समिटमा विश्वविख्यात कम्पनीका प्रमुख कार्यकारीहरु तथा विश्वमा विजनेश, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वहरुको विशेष आकर्षण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्