काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् ।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेका छन् ।

मेयर शाह हेटौंडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।














